राजनीति

गुरुङ आक्रमकः पुरुषको स्वीमिङ कष्टम महिलालाई दिएर साग खेलाउने सिलवाललाई लाज हराएकै हो त?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालप्रति आक्रमक रुपमा प्रश्तुत भएका छन् ।

नेपाली महिला खेलाडीले महिलाकोनभएर जेन्ट्स् स्वीमिङ कस्टम लगाउनुपर्ने र सुटिङका खेलाडीले विदेशी खेलाडीसँग बन्दुक र गोली मागेर खेल्नु पर्ने, ट्राइथोलनकाले आफ्नै साइकल प्रयोग गर्नुपर्ने अवस्थालाई सदस्य सचिव सिलवालले नजरअन्दाज गरेको नेता गुरुङको आरोप छ ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीको कोटाबाट केलकुद परिषदको सदस्यसचिव बन्न सफल भएका सिलवालले मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरासुरुवाल किनिदिएको काण्डको समेत सर्बत्र बिरोध भईरहेका बेला नेता गुरुङ सिलवाल बिरुद्ध आक्रमक रुपमा प्रश्तुत भएका छन् । उनले दुनियाँले देखेका घटनाहरुमा गैरजिम्मेवार भएर बोल्दै ‘यी सबै कुरा झुटा हुन्।’ भन्ने सदस्य सचिव सिलवाललाई लाज हराएकै हो त ?’ भन्दै नेता गुरुङले प्रशन गरेका छन् ।

उनले सामाजिक संजालमा भनेका छन्, ‘सुटिङका खेलाडीले विदेशी खेलाडीसँग बन्दुक र गोली मागेर खेल्नु पर्ने, ट्राइथोलनकाले आफ्नै साइकल प्रयोग गर्नुपर्ने। अनि लेडिज खेलाडीको स्वीमिङ सुट जेन्स खेलाडीले लगाउनु पर्ने अबस्थाको बारेमा खेलाडीहरुको गुनासो आइरहँदा राखेप सदश्य सचिब भन्छन्ः ‘यी सबै कुरा झुटा हुन्।’ लाज हराएकै हो त ?’