पर्यटन/संस्कृति

पर्यटन मन्त्री भट्टराईले दिए सर्वाेच्च अदालत जाने धम्की

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा निजगढ विमानस्थल निर्माण जसरी पनि सम्पन्न गर्ने बताएका छन् ।
मन्त्री भट्टराईले यस विषयमा बाहिर अनावश्यक फैलाएकाे भन्दै आक्राेश पाेखे । साथै उनले यस्ता अफवाह हटाउन आवश्यक रहेको जिकिरसमेत गरे ।
`निजगढ अन्तरराष्ट्रिय विमानास्थल निर्माण आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका कारण सरकारसँग अनुमती मिले विमानस्थलकाे लागि सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार छु,´ मन्त्री भट्टराईले भने ।
‘हामी फिल्डमा पो जानु भएन, कागजी कामको तयारीमा त काम गर्न सक्छौं नि,’ मन्त्री भट्टराईले भने, `यो आयोजनामा काट्ने रुखको संख्या, वातावरण विनाशमा अनावश्यक डाटा बाहिर ल्याएर अफवाह फैलाइएको छ ´ उनले भने ।
‘राज्यका कुनै पनि निकाय यो आयोजनामा अवरोधक बन्दैनन्, तर सर्वोच्च त्यसमा क्लियर हुन खोजेको छ, उसलाई स्पष्ट बनाउनु सरकारको दायित्व हो,’ मन्त्री भट्टराईले भने ।