खेलकुद

इतिहासको रेकर्ड कायम भएको १३ औँ साग, नेपालले रच्यो इतिहास

कामठाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या ४२ पुगेको छ । शनिबार बिहान सम्पन्न भएको ४२ किलोमिटर म्याराथनमा एक स्वर्ण पदक थप्दै नेपालले स्वर्ण संख्या ४१ पुर्याएको हो ।

म्याराथनमा नेपालका प्रतिस्पर्धी किरणसिंह बोगटीले निर्धारित दुरी दुई घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए । उनले नेपाललाई दिलाउँदा नेपालको स्वर्ण संख्या ४१ पुगेको हो । यसअघि भएको १२ औँ सागमा नेपालले कूल ३ वटा मात्रै स्वर्ण पदक हात पारेको थियो ।

यस वर्ष घरेलु मैदानमा हुँदै गरेको खेलमा नेपाली खेलाडीले स्वर्णको वर्षा गराएका छन् । खेल सुरु भएको ७ औँ दिनसम्म आइपुग्दा नेपालले ४१ स्वर्णसहित २७ रजत र ५१ कास्य पदक हात पारेको छ । जारी खेलमा भारत शीर्ष स्थानमा रहेको छ । खेलमा भारतले शनिबार बिहानसम्म ८९ स्वर्णसहित एक सय ७७ पदक हात पारेको छ ।

यसअघि सन् १९९९ मा नेपालले सबैभन्दा बढी स्वर्ण पदक जितेको थियो । घरेलु मैदानमा सम्पन्न भएको ८ औँ साग प्रतियोगितामा नेपालले ३१ स्वर्ण पदक हात पारेको थियो ।

साग इतिहासमा नेपालको सबैभन्दा खराब संस्करण सन् १९८५ मा सपन्न भएको दोस्रो संस्करणलाई लिने गरिन्छ । बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको स्पर्धामा नेपालले जम्मा एक स्वर्ण हात पारेको थियो ।

यस्तै, जारी प्रतियोगितामा नेपालले एक सय स्वर्णको कोसेढुंगामा पूरा गरेको छ । नेपालको तर्फबाट एक सयौं स्वर्ण दिलाउने खेलाडीको इतिहास बनाइन् करातेकी सक्षम कार्कीले । उनले गत बुधबार ८७ केजीमाथिमा पाकिस्तानका वकार अलिलाई पराजित गरेसँगै साग इतिहासमा नेपालको तर्फबाट एक सय स्वर्णको इतिहास बनाएको हो ।

इतिहास बनाउने क्रम जारी छ, हालसम्म नेपाली खेलाडीले ४२ स्वर्ण पदक जित्दासम्म धेरै नै महत्वपूर्ण खेल प्रदर्शनहरु गरिरहेका छन् ।