खेलकुद

किरण सिंहले जिते एक स्वर्ण, थपियो नेपालका लागि एक पदक !

काठमाडौं । ४२ किलोमिटर म्याराथुन दौडमा पुरुषतर्फको स्वर्ण पदक किरणसिंह बोगटीले जितेका छन् । १९९५ मा नेपालका तर्फबाट टिका बोगटीले यस खेलमा पदक जिताएको उक्त पदक किरण सिंहले विजय गराए ।

२ घण्टा २१ मिनट १७ सेकेण्डको दूरी पुरा गर्दै बोगटीले १३ औं साग खेलकुदमा नेपाललाई एक स्वर्ण पदक थप्न सफल भए। यससंगसंगै नेपालको जम्मा पदक संख्या ४२ भएकोछ ।