प्रवास

नेपाली भुमि फिर्ताको माग गर्दै एनआरएन अमेरीकाले बुझायो बिरोध पत्र

वाशिंगटन । अमेरीकामा बसोबास गर्दै आएका नेपालीहरुले नेपाली भुमि फिर्तामो माग गर्दै बिरोध जनाएका छन् । भारतले नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफनो नक्सामा समावेस गरी नयाँ नक्सा सार्वजनिक भएपछि भारतको चर्काे बिरेध गईरहेको बेला अमेरीकामा विगत केहि वर्षदेखी बस्दै आएका नेपालीले पनि बिरोध जनाएका हुन् ।

विरोध स्वरुप उनिहरुले अमेरीकाको वाशिंगटन डिसीस्थित भारतीय राजदुतावासमा विरोध पत्र बुझाएका छन् । गैर आवासीय नेपाली संघ एनआरएनको अगुवाईमा बिरोधपत्र पेश गरेको बताईएको छ । साथै भारतले नेपाली भुमिलाई गलत तरिकाले हडप्न खोजेको भन्दै बिरोध जनाएका छन् ।

विरोधपत्र बुझाउन गैरआवासीय नेपाली संघ आईसीसी उपाध्यक्ष रबिना थापा, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, उपाध्यक्ष कृष्ण जीबी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुङ, मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एवं समाजसेवी प्रेम कुमार श्रेष्ठ भारतीय दूतावास पुगेका थिए ।

उक्त अवसरमा नेपालको सार्वभौम भूमि आफ्नै सीमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ ।

यद्यपि सीमा समस्या दुईपक्षीय कुटनीतिक संवाद मार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ । एनआरएनए आईसीसीले शुरु गरेको यस अभियानलाई विश्वभर रहेका एनआरएनए एनसीसीहरुले अभियानका रुपमा अगाडि बढाउने गैरआवासीय नेपालीहरुको योजना छ ।