अन्तर्राष्ट्रिय

विश्व वैंकद्वारा चीनलाई दिने ऋणमा विस्तारै कमी गरिने

एजेन्सी । विश्व वैंकको चीनसँगको सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको र यस परिस्थितिमा आगामी पाँच बर्ष बहुपक्षीय उक्त संस्थाले दिने ऋणमा बिस्तारै कमी आउने बिहीबार उक्त संस्थाले जनाएकोे छ ।

चार दशकको उच्च वृद्धि दर र गरिबी निवारणपछि चीन विकासको नयाँ चरणमा प्रवेश गरेको छ र यसले उच्च प्रकार जीवन र दीर्घकालीन विकासको बाटो अवलम्बन गर्दै विकासका नयाँ चुनौतिलाई सम्वोधनको प्रयास गरिरहेको छ, सन् २०२० देखि सन् २०२५ को चीनका लागि नयाँ राष्ट्रिय साझेदारी ढाँचा (सीपीएफ)  रिपोर्टमा उल्लेख छ ।

सीपीएफ रिपोर्ट अनुसार विश्व वैंकको चीनसँगको सहकार्य ‘मजबुत रहने’ तरपनि ऋणमा कमी आउने हुँदा ‘कार्यक्रममा व्यापक छनोट’ गरिनेछ । चीनले विश्वको सार्वजनिक सामानमा हुने योगदान र संस्थागत रिक्ततालाई केन्द्रमा राखेर यो निर्णय लिएको वैंकले बताएको छ ।

बैंकबाट पुनः निर्माण र विकासका लागि मध्यम–आय भएका विकासोन्मुख मुलुकलाई ऋण प्रदान गर्ने गर्छ । वैंकले हरेक बर्ष औसतमा चीनलाई उक्त शीर्षकमा एक अर्ब देखि डेढ अर्ब अमेरिकी डलर ऋण दिने गरेको थियो । यसलाई विस्तारै घटाइँदै लगिनेछ । तर चीनको अनुभवको आदानप्रदानलाई बढाउने अपेक्षा विश्व वैंकले गरेको छ ।