आर्थिक

युनाईटेड फाईनान्सको ७ वटा शाखा कार्यालयहरु संचालनमा

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले आज एकै साथ भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी तथा धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक  लक्ष्मी प्रपन्न निरौलाले आज एक समारोहका बिच गरे ।

अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरूबाट सम्पन्न भयो । यसका साथै फाइनान्सको शाखा संख्या पश्चिममा सुर्खेत देखि पूर्वमा ईलाम सम्म २२ वटा पुगेको छ । यसका साथै युनाईटेड फाईनान्स पूजीं तथा शाखा संजालका हिसावले देशको सबै भन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको छ ।

सेवा संचालनको २५ औं वर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । यस फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अरव ७० करोड निक्षेप तथा ६ अरब १४ करोड कर्जा परीचालन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।