अन्तर्राष्ट्रिय

रूसका विदेशमन्त्री लाभरोभ अमेरिका जाँदै

एजेन्सी । रूसका विदेश मन्त्री सेर्गेइ लाभरोभले अर्को हप्ता अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको उनका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१७ मा भएको विवादास्पद भेटवार्तापछि अहिले पहिलो पटक विदेशमन्त्री लाभरोभ अमेरिका जान लागेका हुन् ।

“यही डिसेम्बर १० तारिखका दिन उनको भ्रमण हुनेगरी तयारी भइरहेको छ,” रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले भने । उनले भ्रमणका बारेमा थप विवरण दिन चाहेनन्।

सन् २०१७ को मे पछि ट्रम्पको कार्यकालका आफ्ना समकक्षी आएदेखि नै लाभरोेभले अमेरिकी राजधानीको औपचारिक भ्रमण गरेका थिएनन् ।