पर्यटन/संस्कृति

निजगढ विमानस्थल निर्माणको क्रममा रुख नकाट्नु- सर्वोच्च अदालत

बारा । सर्वोच्च अदालतले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्कालका लागि यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । शुक्रबार न्यायाधीशटंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थल निर्माणका क्रममा रुख कटानबारे तत्काल कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएका हो।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी, तारा सापकोटा र प्रभु बुढाथोकीलगायत नौजनाले मंसिर १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । 

उनीहरूले विमानस्थल बनाउने क्रममा रुख काट्न नहुने भन्दै रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाई गर्दै अदालतले मंसिर २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

हालको योजनालाई कार्यान्वयन गर्ने हो भने चौबीस लाख पचास हजार आठ सय २१ वटा रुख काट्नुपर्ने निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।