खेलकुद

गौरिकाको दोस्रो स्वर्णसँगै नेपालको स्वर्ण संख्या ४१ पुग्यो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत शुक्रबार(छैटौं दिन) भएको पौडीमा गौरिका सिंहले नेपाललाई थप एक स्वर्ण दिलाएकी छिन ।

आज भएको दुई सय मिटर ब्याकस्ट्रोकमा नेपाली खेलाडी गौरिका सिंहले स्वर्ण जितेकी हुन् । यस संस्करणमा यो उनको दोस्रो स्वर्ण हो । उनले निर्धारित दूरी दुई मिनेट १७ दशमलव ७३ सेकेण्डमा पार गरेकी हुन् ।

यसअघि हिजो(बिहीबार)को प्रतिस्पर्धामा व्यक्तिगत स्पर्धामा बिहीबार २ सय मिटर फ्रि–स्टाइलमा गौरिकाले स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी थिइन्। यससँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ । भारत ७२ स्वर्ण  पदक सहित  अंक तालिकाको अग्रस्थानमा छ ।

यस्तै श्रीलंकाले- २०, पाकिस्तानले- १८, बंगलादेशले- ४, माल्दिभ्सले-१ स्वर्ण पदक जितेका छन् भने भुटानले यस संस्करणमा कुनै पनि स्वर्ण पदक जित्न सकेको छैन ।