खेलकुद

टेनिसमा नेपालकी कोइराला सेमिफाइनलमा

काठमाडौँ, २० मङ्सिर । सागअन्तर्गत टेनिसको महिला एकल विधामा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमा पुगेकी छन् । सात दोबाटोस्थित टेनिस कोर्टमा आज भएको क्वाटरफाइनल खेलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७–५ र ६–१ ले पराजित गर्दै सेमिफाइनमा पुगेकी हुन् । यससँगै उनको कास्य पदक पक्का भएको छ ।

सोही विधामा नेपालका अन्य खेलाडी भने क्वाटरफाइनलमै समेटिएको छ । नेपालकी सलोनी तामाङ भारतकी सौजन्या भावी सेटीसँग ६–२ र ६–३ ले पराजित भए । त्यस्तै आजै भएको पुरुषको एकलतर्फको विधामा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वाटरफाइनलमा पराजित भए । प्रणव पाकिस्तानका मोहम्मद मुर्तजासँग ६–० र ६–१ ले पराजित भए भने संरक्षक भारतका मनिष सुरेश कुमारसँग ६–० र ६–० ले पराजित भए ।