राजनीति

उपनिर्वाचनले कम्युनिष्टहरूलाई समय हुँदै सच्चिन सचेत गराएको छ – नेता नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो समय सम्पन्न उपनिर्वाचनको मत परिमाणले कम्युनिष्टहरूलाई समय हुँदै सच्चिन सचेत गराएको बताएका छन् ।  

मकवानपुरको मनहरि गाउँपालिकाको रमौली–प्रतापपुरमा भएको कार्यक्रममा बोल्दै उनले निर्वाचनमा जितेको भएता पनि उप-निर्वाचनको क्रममा त्यसको विपरित मतपरिमाण देखिएकाले दम्भ छोडेर सच्चिने बाटोमा लाग्न जनताले निर्देशन दिएको बताए। 

धरान, भक्तपुर र चितवनको नतिजाले जनताले होस गर है, अहंकार नगर भन्ने सन्देश दिएको उनले बताए । पोखरा र दाङ जितेका छौं भनेर कमजोरी सुधार्नतिर नलागे आउँदा दिनमा अझ कमजोर बनिने नेता नेपालले बताए ।

कार्यक्रममा बोल्दै उनले पार्टी कमिटि भद्दा भएको र पार्टीको केन्द्रीय कमिटीदेखि स्थानीय तहसम्म कमिटीहरु भद्दा बनेको बताएका हुन् । उनले कम्युनिष्ट पार्टीको विरोध गर्नेहरुलाई पार्टीले ठुला पदमा पुर्याएको भन्दै नेता नेपालले नातावाद र कृपावाद तोड्न जरुरी रहेको धारणा राखे ।