आर्थिक

एभरेष्ट बैंकद्वारा सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाललाई स्कुल भ्यान प्रदान

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धापाखेल, ललितपुरस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी)लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

एसजीसीपी एक गैर–सरकारी तथा गैर–नाफामुलक संस्था हो, जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालीका र युवाहरुलाई सहयोग गर्न र उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ

। ईबिएलले ठुलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत श्री विमल लाल श्रेष्ठलाई संयुक्त रुपमा निर्देशक श्री बाल गोपाल बैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गजेन्द्र कुमार नेगीले बैंकका अधिकारीहरु र एसजीसीपीका टोलीहरुको उपस्थीतिमा स्कुल भ्यान हस्तान्तरण गरेका छन् ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ, जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंक बेस्ट म्यानेज्ड कमर्सियल बैंक- २०१९ बाट सम्मानित भएको छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहर्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।