पु.समाचार

नगर प्रमुख सरावगीद्धारा आखा शिविर उद्घाटन

पर्सा । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्सागढि नगरपालिकाको- रघुनाथपुरमा आयोजित निशुल्क आखा शिविरको उदघाटन गरेका छन् । जयराजपुर स्कुलमा शुक्रबार आयोजित नि:शुल्क आँखा शिविरको नगर प्रमुख सरावगीले उदघाटन गरेका हुन्।

वीरगन्ज महानगरपालीका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसन को सहयोगमा नि:शुल्क आँखा शिविर आज संचालन गरिएको छ। मेयर कल्याणकारी कोषद्धारा अभियानकै रुपमा विभिन्न ठाउहरुमा निशुल्क आँखा शिविरको आयोजना हुँदै आएको छ । सोहि क्रममा यो छैठौे शिविरको आयोजना गरिएको हो ।

उक्त शिविरमा आयोजित कार्यक्रममा समाजवादी पार्टीका जिल्ला संयोजक रामनरेश यादव ,मेयरका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी , पर्सागढि वडा नम्बर ७ का वडा अध्यक्ष रामजी साह तेली, पर्सागढि नगरपालिकाका समाजवादी पार्टीका नगरअध्यक्ष खुर्शेद आलम, स्थानिय नेता बृजमोहन चौधरी, जितेन्द्र मिश्र, ध्रुव गिरि, नरेन्द्र पटेल, बहुदरमाइ समाजवादी पार्टी नगर अध्यक्ष सिङघासन साह तेलि,बिपिन यादव ,युवा नेता पिन्टु उपाध्याय, अजय साह लगायतल नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेकोे थियोे ।

मतृका आइ फाउन्डेसन का डाक्टर महेश सिंह धामीले मोतियाबिन्दुको रोगीहरुको आँखा परिक्षण गरेका थिए ।मोतियाबिन्दु फेला परेका रोगीहरुको मंसिर २९ गते देखि वीरगन्ज स्थित माटृका आई फाउन्डेसनमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिले शैल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।