आर्थिक

गिरिजा प्रसाद कोईराला फाउण्डेशनले गर्यो जिल्ला कार्यसमिती विस्तार

पर्सा । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आज जिल्ला कार्यसमिती विस्तार गरेको छ । जिल्ला र्काय समितिको बसेको बैठकले नगर वडा र्काय समिति तथा जिल्ला र्काय समितिको रित पदको चयन गरेको छ ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशनका जिल्ला अध्यक्ष मोहम्मद शहाबुदिनको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय जिल्ला र्काय समितिमा ३ जना र वीरगन्ज महानगरको नगर अध्यक्ष चयन गरिएको छ ।

जी पी कोईराला फाउण्डेशन जिल्ला र्काय समितिमा ठाकुर राम बहुमुखि क्यामपसका शिक्षण सहायक सन्तोष सिंह , बाबुनन्द प्रसाद पटेल , मुकेश रौनियार रहेका छन भने महानगरको नगर संयोजकमा अकाश चौहानलाई चयन गरिएको जी पी कोईराला फाउण्डेशनका जिल्ला कोषाध्यक्ष मनोहर साहले जनाएका छन ।

बैठकमा वीरगन्ज महानगरसँगै जिल्ला भरी नै फाउण्डेशनको र्काय समितीको बिस्तार गर्ने साथै मसिंर २७ गते विहान ८ बजे देखि वीरगंजको घण्टाघरमा खुल्ला रक्तदानको र्कायक्रमको आयोजना गरिएको फाउण्डे्शनले जनाएको छ ।

पदस्थापन र्कायक्रमका सभापतित्व मोहम्मद शहाबुद्दिनले गरेको थिए भने र्कायक्रम र्कायसमितीका पदाधिकारी एवम पत्रकारहरुको उपस्थिति रहेको थियो ।