आर्थिक

पुराना सामग्रीको विक्रीले आम्दानी बढायो

घोराही, २० मङ्सिर । राजनीति, समाजसेवा र अधिकारकर्मीको परिचय बनाएकी सुशीला पौडेल हिजोआज गाउँघरमा उत्पादित सामग्री खोज्न तल्लिन छन् । उनले पुराना सामग्रीको सङ्कलन गरी यहाँ बिक्री केन्द्रसमेत स्थापना गरेकी छन् ।

पछिल्लो पुस्ताले बिर्सन लागेको चिउरीको घिउ, सिन्की, मकै, कोदो, फापरको पीठो र सातु बिक्री केन्द्रमा राखेकी छन् । साल र मालुका पातको टपरी, टपरी गास्न आवश्यक पात, बाँसको सिन्का , बेसार, गाईको घिउ जस्ता सामग्री केन्द्रमा रहेका छन् । बरी (मस्यौरा), मुलाको चाना, पिँडालु, लट्टे पाप्रो सहित दैनिक पूजा आजामा प्रयोग हुने सामग्रीले केन्द्रमा पाईन्छ ।

उनले भनिन्, “रुकुम, रोल्पा, सल्यान र प्यूठानबाट कोदो, फापर, आटो, पीठो, सिन्कामारी खोजेर ल्याउने गर्छु।” उनले तरकारी, अचार मसला, मह, चुक, तील, फूल र दुबोको माला पनि माग अनुसार पु¥याएकी छन् । “मैले सीप भएर पनि बजार पाउन नसकेका महिलाको उत्पादनलाई उपभोक्तासम्म पु¥याउन केन्द्र स्थापना गरेको हुँ, ” उनी भन्छिन् । “हाते सीपको प्रयोग गरेर बुनेका स्वीटर, मकैको खोस्टोबाट बनाइएका चकटी, चोयाका सामग्री राख्ने सोच बनाएको छु,” उनले भनिन् ।