पु.समाचार

शनिबार उपत्यकाको अधिकांश रुटमा यातायात अवरुद्ध हुने

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत शनिबार म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।  म्याराथुनको अवसरमा काठमाडौंका अधिकांश रुटमा यातायात अवरुद्ध हुने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार म्याराथन दौड प्रतियोगिता शनिबार बिहान ७ बजे देखी ११ बजेसम्म चल्ने जनाइएको छ ।

म्याराथन दौड दशरथ रंगशालाबाट शुरु भई टेकु, कालिमाटी, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, गठ्ठाघर, सल्लाघारी, सुर्य बिनायक हुँदै पूनःसल्लाघारी, कोटेश्वर, बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकालि, वीर अस्पताल, जमल लैनचौर, दरबारको उत्तरढोका, नागपाेखरी, जय नेपाल, संग्रहालय, दक्षिणी गेट ,घण्टाघर भद्रकालि, नागस्थान हुँदै दशरथ रंगशाला पुगेर टुङ्गीने छ ।

उक्त समयमा अति नै आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचलाउन ट्राफिक महानगरिय प्रहरी महाशाखाले जनाएको छ ।