खेलकुद

१३ औं साग : बिच भलिबलमा मान र दिलको जोडी विजयी

कास्की। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत आज छैटौं दिन पोखरामा भएको पुरुष बिच भलिबलमा मान बहादुर श्रेष्ठ र दिल सुनाको जोडी विजयी भएको छ । 

पोखराको लेकसाइडमा आज(शुक्रबार) भएको दोस्रो खेलमा बंगलादेशको जोडीलाई २-० को सेटमा हराउँदै नेपाल विजय भएको हो । 

पहिलो सेट २१-१६, ले जितेको नेपाली जोडिले दोस्रो सेटमा २१-१८ को जित निकालेको हो । यसअघि मान र दिलको जोडी पहिलो दिन पाकिस्तानसँग २–१ ले पराजित भएको थियो ।