खेलकुद

टेनिसको महिला सिंगल्सतर्फ कास्य जित्दै नेपालकी प्रेरणा सेमिफाइनलमा

काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत टेनिसको महिला सिंगल्समा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

आज( शुक्रबार) सातदोबाटोस्थित टेनिस कोर्टमा भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरिन् । 

योसँगै प्रेरणाले कास्य पदक पक्का गरेकी छन् । सिंगल्समा नेपालका अन्य खेलाडीहरू भने क्वाटरफाइनलबाट नै आउट भएका छन् ।