राजनीति

कर्मचारीको ‘मानसिकता र काम गर्ने शैली’ पुरानै भएकाले जनता निराश छन् – अध्यक्ष दाहाल

धनगढी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीका कारण जनताका अधिकार कटौति हुन थालेको टिप्पणी गरेका छन् । उनले कर्मचारीको मानसिकता र काम गर्ने शैली पुरानै भएकाले जनताको अधिकारमा कटौती भएको उद्घोष गरेका हुन् ।

सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेका बताएका हुन् ।

संघीयताले घर–घरमा जनतालाई अधिकार दिने परिकल्पना गरेको भए पनि कर्मचारी खटाएको ठाउँमा जान नमान्ने र जनप्रतिनिधिले काम गर्न खोज्दा कानुनी अड्चन देखाएर भाँजो हाल्ने काम गर्ने गरेको उनको आरोप छ ।