खेलकुद

१० हजार मिटर दौडमा स्वर्ण जितेकी सन्तोषी ५ हजार मिटर दौडमा चौथो भइन्

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा  नेपालकी सन्तोषी श्रेष्ठ ५ हजार मिटर दौडमा पदक जित्न असफल भएकी छन् ।

१३औं साग अन्तर्गत यसअघि १० हजार मिटर दौडमा स्वर्ण जितेकी उनले ५ हजार मिटर दौडमा पनि स्वर्ण जित्ने अपेक्षा गरेकी थिइन् । तर, उनले आफ्नो लक्ष्य चुम्न सकिनन्  ।

उनी ५ हजार मिटर दौडमा निर्धारित दूरी १७ मिनेट १३.६८ सेकेन्डमा पूरा  गर्दै चौथो भएकी हुन् ।

यो स्पर्धामा श्रीलंकाकी उदा कुबुरालांगेले स्वर्ण जितिन् भने भारतकी पारुल चौधरीले रजत र भारतकै प्रिती लाम्बाले कास्य जितिन् ।