एजेन्सी । डक्ट टेपद्वारा भित्तामा टाँसीएको एक केराको कलाकृतिले दुनियाँलाई चकित बनाइदिएको छ। यस कलाकृतिको मिआमी बीचको आर्ट बेस्लमा किनबेच गरिएको हो । इटालीको प्रसिद्ध कलार मौरीजीओ कैटेलन(Maurizio Cattelan) ले यसलाई ‘कमेडियन(Comedian)’ भनि नामाकरण गरेका थिए । यस कलाकृतिको मूल्य १,२०,००० (१ करोड ३६ लाख नेपाली रुपैयाँ) तोकिएको छ।
सीएनएनको रिपोर्टअनुसार बुधबार प्यारिसको आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएको उक्त कलाकृतिमा प्रयोग गरिएको केरा मियामीको एक ग्रोसरी स्टोरबाट खरिद गरिएको हो । साथै यसमा डक्ट टेपको एक टुक्रा पनि लगाइएको छ । यस कृतिसँगसँगै यसको विश्वासनियताको एक सर्टिफिकेट पनि साथैमा रहेको छ।
पैरोटिन ग्यालरीका मालिक इमैनुएल पैरोटिनका अनुसार केरा वैश्विक व्यापार र ह्यूमरको प्रतिक हो ।
ग्यालारीद्वारा इन्स्टाग्राममा सियार गरिएको एक पोस्टमा भनिएको छ- यो कलाकृतिले यसतर्फ इशारा गर्दछ कि हामी कुनै पनि वस्तुको मूल्य कसरी लगाउँछौं र कुन चीजलाई मूल्यवान सम्झन्छौं।”
अनलाइन प्लेटफर्म आर्टसीको अनुसार कैटेलनको अन्य कलाकृति जस्तै यसको पनि अरु संस्करणहरू आएका छन् । तीन संस्करण अन्तर्गतको यस कलाकृतिका दुई संस्करण विक्री भइसकेको छ ।