राजनीति

गगनको तीब्र लविगंः खुला स्थान लिजमा दिनुहुन्न, जनताकालागि प्रयोगमा ल्याउनुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले गुठी संस्थानको नाममा रहेको जग्गा काठमाडौंको भीडलाई आवश्यक पर्ने खुल्ला ठाउँका रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् । व्यस्त शहरको मध्यभागमा रहेको ठाँउमा रहेको बहुमुल्य जग्गालाई शहरबासीलाई आराम गर्ने ठाँउको रुपमा राख्नुपर्ने भन्दै लिजमा लिन नहुने विचार व्यक्त गरेका छन् ।

उनले, ‘हामीसंग भूकम्पको तितो अनुभव छ जसले हामीलाई खुल्ला स्थानको महत्त्व बुझाएको छ। खुल्ला स्थान बिनाको शहर हुँदैन र रहेको यस्तो स्थानहरू संरक्षण गर्नु हामी सबैको दायित्व हो।’ भनेका छन् ।

जमिन संरक्षण अभियान अन्तर्गत स्थानीयवासी र स्थानीय प्रतिनिधिसंग छलफल तथा संवाद गर्दै पुर्व मन्त्री समेत रहेका युवा नेता थापाले, ‘काठमाडौँ महानगरपालिका वडा न.७, चाबहिल स्थित रहेको करिब १० रोपनी जमिन हाल गुठी संस्थानको स्वामित्वमा रहेको छ। शहरको मध्य विन्दुमा रहेको यस अमूल्य जमिन संरक्षण गरी सार्वजनिक प्रयोगमा ल्याउनका निम्ति हामी संघर्षरत छौं भने गुठी संस्थान यस जमिनमा भौतिक पूर्वाधार निर्माण गरी लिजमा दिने तयारी गरिरहेको छ। हामीसंग भूकम्पको तितो अनुभव छ जसले हामीलाई खुल्ला स्थानको महत्त्व बुझाएको छ। खुल्ला स्थान बिनाको शहर हुँदैन र रहेको यस्तो स्थानहरू संरक्षण गर्नु हामी सबैको दायित्व हो। भनेका छन् ।’