प्रदेश 2

आगलागीवाट चार घर जलेर नष्ट

सप्तरी, १९ मङ्सिर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा आज आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएको छ । कङ्कालिनी–३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट हुँदा रु १० लाख २३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । नगरपालिकाको वारुणयन्त्रको सहयोगमा इलाका प्रहरी कार्यालय भारदह, सशस्त्र प्रहरी बल भारदह र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।