खेलकुद

१३औं साग: तेक्वान्दोमा भूपेनलाई स्वर्ण

काठमाडौँ, १९ मङ्सिर । १३औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक जितेको छ । उनले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जितेको हो ।

ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गरेका हुन् । उक्त स्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गरे । १३औं सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।