अन्य

अछामकाे साँफेबगरमा पुस्तक विमाेचन तथा श्रष्ठा विशेष रचना वाचन कार्यक्रम हुने

अछाम । अछामकाे साँफेबगरमा पुस्तक विमाेचन तथा श्रष्ठा विशेष रचना वाचन कार्यक्रम हुने भएको छ । साँफेबगर युवा सञ्जालकाे आयाेजनमा मंसिर २० गते शुक्रबार विविध साहित्यिक कार्यक्रम गरिने र कार्यक्रमकाे तयारी पूरा भएको युवा सञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारीले जानकारी दिए।

‘श्रष्टाहरुलाई प्राेत्साहन र पहिचान, साहित्य संस्कृति संरक्षणमा हाम्राे अभियान’ भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको आयाेजकले जनाएको छ । कार्यक्रममा सञ्जालले प्रकाशन गरेकाे युवा आवाज नामक पुस्तककाे विमाेचन गरिने भएको छ ।

पुस्तकमाथि साहित्यकार धनराज जाेशीले प्रकाश पार्ने र पूर्ण कुमार रावल मायालुले टिप्पणी गर्नेछिन् । यस्तै ३ जना श्रष्ठाले सीमा अतिक्रमण विरुद्ध कविता वाचन तथा ३ जना नारी गजलकारले गजल बाचन गर्ने कार्यक्रम रहेकाे छ । मंगलसैनका टेकराज भण्डारी, साँफेबगरका लक्ष्मण महता लाेकेश र मेल्लेखका मनाेज विवसका ३/३ कविता रहने आयाेजकले जनाएको छ ।

कार्यक्रमकाे अर्काे आकर्षण गजल वाचनमा रहने छ । गजल वाचनमा ३ जिल्लाका नारी श्रष्ठाकाे सहभागिता रहने भएको छ । जसमा रिता शाही ऋतु- बाजुरा, गीता स्मृति कठायत- डाेटी र रुक्मिणी शर्मा- अछाम रहेका छन् । कार्यक्रममा रेडियो नेपाल कार्यक्रम महाशाखाका निर्देशक तथा वरिष्ठ कवि, गीतकार डाक्टर नवराज लम्साल लगायतकाे विशेष उपस्थिति रहने आयाेजकले जनाएको छ ।

जसमा रेडियो नेपालका समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल, रिपोर्टिङ शाखा प्रमुख प्रमाेद दाहाल, व्यापार महाशाखा प्रमुख पुस्करराज बराल लगायतकाे विशेष उपस्थिति रहने सञ्जालका अध्यक्ष भण्डारीले जानकारी दिए। सबै अर्थमा कार्यक्रम ऐतिहासिक हुने आयाेजककाे भनाइ छ ।