खेलकुद

अपडेट: नेपालले जित्यो ३६ स्वर्ण, जुनी राई र सन्जु चौधरीको नाममा थप दुई स्वर्ण

JUNI RAI AND SANJU CHAUDHARI

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)  अन्तर्गत आज पाचौं दिन नेपालको नाममा नयाँ कीर्तिमान दर्ज भएको छ । सागअन्तर्गत  भारोत्तोलनतर्फ सन्जु चौधरीले स्वर्ण पदक जितेकी छिन् । यस्तै महिला उसुतर्फ नेपालकी जुनु राईले स्वर्ण पदक जितेकी छन् । 

सान्सौको महिला ५६ केजीमा प्रतिस्पर्धा परेकी जुनी राईले नेपालको लागि ३६औं स्वर्ण पदक जिताएकी हुन् । 

बुद्धिबहादुरको जीतले रचे किर्तिमान :

साफको सातौं संस्करणसम्म दोहोरो अंकमा स्वर्ण पदक नजितेको नेपालले सन् १९९९ मा नेपालमा नै भएको आठौं साफमा ३१ स्वर्ण जितेको थियो ।

पहिलो पटक समावेश गरिएको कराँते र तेक्वान्दोमा नेपालले १४–१४ वटा स्वर्ण पदक जितेर इतिहास रचेको थियो । भने बक्सिङमा दुई र पौडीमा एउटा स्वर्ण जितेको थियो । त्यो नै नेपालको सबैभन्दा राम्रो नतिजा थियो ।

सन् १९८४ मा पहिलो साफमा नेपालले चार स्वर्ण जितेको थियो भने १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ मा दुई, १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित साफमा नेपालमा सात स्वर्ण पदक जित्यो । यस्तै  २००६ मा श्रीलंकामा आयोजित सागमा नेपालले ७ स्वर्ण जितेको थियो । तर ड्रोपिङ टेस्टमा अनुत्तीर्ण भएपछि धावक राजेन्द्र भण्डारीले जितेका दुई वटा स्वर्णले मान्यता पाएनन् ।

२०१० मा ढाकामा आयोजित सागमा आठ र २०१६ मा भारतमा आयोजित १२ औं सागमा नेपालले जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

हाल जारी सागमा भारतको नाममा समाचार तयार पार्दासम्म ४० स्वर्ण रहेको छ ! यस्तै, श्रीलंकाको साथ् १२, बंगलादेशको साथ ४, पाक्सितान्को साथ १०, माल्दिभ्सको साथ १ स्वर्ण रहेको छ भएन भुटानले कुनै स्वर्ण जित्न सकेकको छैन ।

१३ औं सागमा स्वर्ण विजेताहरूः

१.मण्डेकाजी श्रेष्ठ – कराते
२.सोनी गुरुङ – ट्रायथोलन
३. कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
४. निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराते
५. सिना मादेन – तेक्वान्दो, पुम्से
६. मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ–कराँते
७. लक्ष्मण तामाङ – कराते
८. पार्वती गुरुङ – तेक्वान्दो (पुम्से)
९. आयशा शाक्य – तेक्वान्दो (पुम्से)
१०. विप्लवमान श्रेष्ठ – कराते
११. कुसुम खड्का – कराते
१२. आयशा शाक्य, सञ्जिवकुमार ओझा– टीम पुम्से
१३. अनु अधिकारी – कराते
१४. निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना–टीम पुम्से
१५. निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई– तेक्वान्दो (पुम्से)
१६. हिमाल टमाटा – दुवाथोलन
१७. विजय सिञ्जाली – उसु (थाउलो)
१८. सुम्मिता तामाङ – उसु (थाउलो)
१९. नवीन रसाइली – कराते
२०. सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
२१. काजोल श्रेष्ठ – तेक्वान्दो
२२. वीरबहादुर महरा – तेक्वान्दो
२३. सुनिता महर्जन – तेक्वान्दो
२४. अनुपमा मगर – कराते
२५. दीपक हमाल – उसु
२६. राजेश मगर – साइक्लिङ
२७. निस्मा श्रेष्ठ – साइक्लिङ
२८. संगिता बस्याल – तेक्वान्दो
२९. सक्षम कार्की – तेक्वान्दो
३०. निमा घर्ती मगर – उसु
३१. लक्ष्मी मगर – साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ – साइक्लिङ

३३. गौरिका सिंह – पौडी

३४. भूपिन श्रेष्ठ – कराँते

३५. सन्जु चौधरी

३६. जुनी राई