खेलकुद

१३ औं सागमा गौरिकाले जितिन् स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्नुभएको छ । उहाँले दुई सय मिटर फ्री स्टाइलमा आज स्वर्ण पदक जित्नुभएको हो ।

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा ओलम्पियन सिंहले निर्धारित दूरी दुई मिनेट ०५ दशमलव ०६ सेकेण्डमा पूरा गर्नुभएको हो । पौडीको व्यक्तिगत स्पर्धातर्फ गौरिकाले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि नेपालले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो । महिला दुई सय मिटर फ्री स्टाइलमा भारतले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ ।