पु.समाचार

रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । गत मंसिर १५ देखि मध्य पश्चिम पृतना हे.क्वा., योगिकुटी व्यारेक बुटवलमा नं.५ प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददाताहरुलाई समावेश गरी सञ्चामलन भएको रक्षा अभिमुखिकरण कार्यक्रमको आज श्री मध्य पश्चिमम पृतना हे.क्वा.का पृतनापति उपरथी सिताराम खड्काले एक कार्यक्रम बीच समापन गरेका छन् ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ संचालन भएको उक्त कार्यक्रममा नं.५ प्रदेशका विभिन्न जिल्लाका मिडिया हाउसमा कार्यरत २० जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो । पाँच दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा १५ देखि २० जनासम्म सञ्चोरकर्मीहरुलाई समावेश गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस प्रकारको कार्यक्रमले संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वाास नेपाली सेनाले लिएको छ ।