देश

लागुऔषध सहित ठाकुर पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज(बिहिबार) बिहान १०: ०० बजे धनुषाबाट काठमाण्डौ आउदै गरेको ना.७ ख.३५०८ नम्बरको यात्रुबाहक सवारीलाई नागढुङगामा चेकजाँच गर्ने क्रममा  लागुऔषध सहित आतिशु ठाकुरलाई पक्राउ गरेको हो ।

प्रहरीले धनुषा सवेला-९ का ठाकुरले लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध नाईट्राभेट ५ सय १० ट्याबलेट बरामद गरेको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।