पु.समाचार

बारागढीको वडा अध्यक्षमा सुरेश प्रसाद चौधरी

बारा । पद रिक्त रहेको जनप्रतिनिधिको चुनाव समपन्न भएसँगै कार्यभारका लागी पद तथा गोपनियताको कामहरु अहिले चुनाव भएका स्थानीय तहमा धमाधम भईरहेको छ ।

यससँगै बारा जिल्लाको बारागढी गाऊँपालिकाको वडा नं. १ का वडा अध्यक्ष सुरेश प्रसाद चौधरीको आज(बिहिबार) एक कार्यक्रमका विच पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष देवदत बछाडले नव-निर्वाचित वडा अध्यक्ष सुरेश चौधरीलाई पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आफु जुन पनी पार्टिबाट निर्वाचन भएपनि वडावासीलाई आफुले कुनै पक्षपात नगरी सबैको भलो हुने काम गर्ने उनले बताए ।

शपथ ग्रहण कार्यक्रममा रामबाबुर साह, ज्योती साह, सुखल चौधरी, अशोक साह, विजय साह लगायत विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत अमोद चौधरीको सहजिकरणमा समपन्न भएको थियो ।