पु.समाचार

प्रधानसेनापति र अमेरिकाको सहायक रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । आज प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री रान्डल जी. स्क्राईभरले जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्तामा उनीहरूबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाट कार्यक्रमले नेपाली सेनाको विश्‍व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।