पु.समाचार

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा  ओली आज(बिहिबार) डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट डिस्चार्ज भएलगत्तै बालुवाटार लागेका हुन् ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमिले बताएअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार भएसँगै उनलाई डिस्चार्ज गरिएको हो । 

त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् ।

प्रधानमन्त्री ओलीको मंसीर १० गते, मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।