खेलकुद

महिला फुटबलमा भारत फाइनलमा

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूलद ९साग० अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

भारतले आजकै पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोल अन्तरले हराएको थियो । महिला फुटबलमा आज नेपाल माल्दिभ्ससँग खेल्दैछ ।

पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ ।