राजनीति

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ प्रधानमन्त्री ओलीलाई १० दिनपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमिले बताएअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार भएको भन्दै डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।  प्रधानमन्त्रीलाई विहिबार साँझ वा शुक्रबार विहानसम्म डिस्चार्ज गरिने डा. सायमीले जनाएका छन ।

एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम गर्ने मनसाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् ।

प्रधानमन्त्री ओलीको मंसीर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।