राजनीति

बुढिगण्डकी मुआब्जा बितरण गर्न ढिलो गर्नु दुःखद- डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समााजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनाको मुआब्जा ढिलो गरी वितरणको घेषणा गर्दा पनि पूरै प्याकेजमा गर्न नसक्नु र स्थानीय सरोकारवालाहरूलाई विश्वासमा लिन नसक्नु  दुःखद भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले उचित मुआब्जा संगसंगै विस्थापित परिवारलाई सम्मानजनक पुनर्स्थापना प्याकेजको व्सवस्था गर्नु नै उत्तम उपाय भएको भन्दै सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

 

उनको ट्वीटरः बुढीगण्डकी परियोजनाको मुआब्जा यति ढिलो गरी वितरणको घेषणा गर्दा पनि पूरै प्याकेजमा गर्न नसक्नु र स्थानीय सरोकारवालाहरूलाई विश्वासमा लिन नसक्नु दुस्खद छ ! उचित मुआब्जा संगसंगै विस्थापित परिवारलाई सम्मानजनक पुनर्स्थापना प्याकेजको व्सवस्था गर्नु नै उत्तम उपाय हो ! सरकारको ध्यान पुगोस् !