समाचार

बिप्लब नेकपाका युवा सचिव सुनार पक्राउ

गलकोट । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने हल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिएका छन् । सुनारको साथबाट पार्टीसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।

प्रहरी उपरीक्षक नवराज भट्टले भने, “पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।” सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।