राजनीति

दुर्घटना न्युनिकरणमा ठुलो रकम मात्र होईन कानुन बनाई लागु गर्नमा सरकार लाग्नुपर्छः नेता रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपाक नेता भिम रावलले दुर्घटना न्यून गर्न ठूलो बजेट मात्र भएर नहुने भन्दै नियम–कानून बनाई लागु गर्ने काममा सरकार लाग्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावलले दिनहुँ जस्तो सुनिने सडक दुर्घटनाका घटना अत्यन्त हृदयविदारक रहेको भन्दै यस्को न्युनिकरणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

साथै उनले दुर्घटनाले परिवार, समाज र देशमा कति गहिरो र व्यापक असर पारेको छ भन्ने विषयमा अध्ययन गरी उपाय अप्नाउन सकिने बताएका छन् ।

 

उनको ट्वीटरः दिनहुँ जस्तो सुनिने सडक दुर्घटनाका घटना अत्यन्त हृदयविदारक छन् । दुर्घटना न्यून गर्न र रोक्न ठूलो बजेट चाहिन्न, नियम(कानून बनाई लागु गर्ने काममा सरकार सक्रिय हुँदा हुन्छ ।दुर्घटनाले परिवार, समाज र देशमा कति गहिरो र व्यापक असर पारेको छ भन्ने विषयमा अध्ययन गरी उपाय अप्नाउन सकिन्छ ।