अन्तर्राष्ट्रिय

ओमनका २९ सय जनामा एचआईभी एड्स

एजेन्सी । हालै सार्वजनिक भएको आधिकारीक तथ्याङ्कअनुसार ओमनमा दुई हजार ९२७ जनामा एचआईभी÷एड्स रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा एचआईभी÷एड्स सङ्क्रमितहरूको यो सङ्ख्या ५।२ प्रतिशतले घटेको देखिएको छ ।

अहिले सार्वजनिक भएको तथ्याङ्क सन् २०१८ को अन्त्यसम्मको हो भने सन् २०१७ को सङ्ख्याभन्दा घटेको देखिएको हो । एचआईभी÷एड्सबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका रहेको अधिकारीहरूले जनाएका छन् ।

यो समूहका एचआईभी÷एड्स सङ्क्रमितहरूको सङ्ख्या एक हजार ८६६ रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै ५ देखि १४ वर्षसम्मको उमेर समूहको रहेको छ । उनीहरूको सङ्ख्या ५४३ रहेको सूचना तथा तथ्याङ्क केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ५० भन्दा बढी उमेर समूहका एचआईभी सङ्क्रमितहरूको सङ्ख्या ३२९ रहेको छ । त्यसैगरी २५ देखि ४९ वर्षसम्मको उमेरमा एचआईभी सङ्क्रमित भएकाहरू १२० जना मात्रै रहेका छन् । चार वर्षभन्दा अगाडिका ६९ जना बालबालिकामा पनि एचआईभी÷एड्स लागेको पाइएको छ ।