काठमाडौं। नेपाली काँग्रेसका नेता धनराज गुगंले नेतृत्व प्रदान गर्न सक्ने क्षमता भएको मान्छे नै राज नेता हुने बताएका छन् । नेपाल तरुण दल नुवाकोटको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुगंले उक्त कुरा बताएका हुन् । उनले ‘प्रतिकुल परिस्थीतिलाई अनुकुल बनाएर नेतृत्व प्रदान गर्न सक्ने क्षमता जोसँग हुन्छ ऊ नै राजनेता हो।’ भनेका छन् ।
कालापानी लिपुलेक, लिम्पियाधुराका बिषयमा नेकपा दुईतिहाई मतको सरकार चुईक्क पनि बोल्न नसक्नु कम्युनिष्टको लम्पसारबादी नीति भएको भन्दै नेपाल्ी जनताले चिन्नुपर्ने बेला आएको दाबी गरेका छन् । बर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्नुकोसट्टा संरक्षण गरेको नेता गुरुगंले खुलस्त गरेका छन् । कार्यम्रममा नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले काँग्रेसको १४ औं महाधिवेशन समयमा हुनुपर्ने माग राख्दै जनताबिरुद्धमा बढी बोल्ने कम्युनिष्ट सरकारलाई नेपाली जनताले चिनिसकेको र अब आउने निर्बाचनमा मतदानमा हराएर सिध्याउने दाबी गरे । पुर्ब अर्थमन्त्री डा रामशरण महत, जिल्ला सचिव रमेश महत लगायतले आफ्नो धारणा राखेका थिए ।