आर्थिक

अर्थमन्त्रीले प्रधानमन्त्रीज्यू सञ्चो हुनासाथ माग पुरा हुने आश्वासन दिएपछि आन्दोलन स्थगीत गर्यौंः अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वाधार विकास तथा समृद्ध नेपालका लागि सार्वजनिक खरीद ऐन एवं नियमावलीमा भएका त्रुटी संशोधन गर्नुपर्नेमा जोड दिएको छ ।

त्रुटी सच्याउन सरकार सकारात्मक भएको पाइएको महासङ्घका अध्यक्ष रवि सिंहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग संशोधनका विषयमा तीनपटक वार्ता भइसकेको पनि उनले सुनाए ।

“संशोधनका विषयमा अर्थमन्त्री डा युवराज खतिवडासँग पनि वार्ता भएको छ, प्रधानमन्त्री निवासअघि धर्ना दिएको पहिलो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानाकर्षण भएको सार्वजनिक अभिव्यक्ति दिनुभयो, उहाँ बिरामी हुनु भई अस्पताल भर्ना हुनुभएकाले स्वास्थ्यलाभको कामना गर्दै शान्तिपूर्ण धर्ना स्थगित ग¥यौँ”, अध्यक्ष सिंहले भने । सरोकार भएका निकायसँग छलफल गरी पूर्वाधार विकासमैत्री ऐन, नियम संशोधन हुने विश्वास महासङ्घले लिएको छ ।

राष्ट्रिय निर्माण दिवस मनाइने

यसैबीच महासङ्घले मङ्सिर २२ गते १२औँ निर्माण दिवस मनाउने घोषणा गरेको छ । राष्ट्रिय निर्माण दिवसको अवसरमा आइतबार प्रभातफेरिसहित दिउँसो महासङ्घ सचिवालयमा रक्तदान कार्यक्रम गरिनेछ । सोही अवसरमा महासङ्घको मुखपत्र निर्माण समाचारको लोकार्पण गरिनेछ । प्रदेश महासङ्घ तथा सम्पूर्ण जिल्ला सङ्घमा आइतबार प्रभातफेरि कार्यक्रम गरिने महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

उत्कृष्ट काम गर्नेलाई सम्मान

महासङ्घले विभिन्न ३६ विधामा रिद्धीसिद्धी सिमेन्ट–१०औँ एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । मङ्सिर २० गते आयोजना गरिने अवार्ड वितरण कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी सो अवसरमा दिइयो । महासङ्घले १२औँ राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड वितरण गर्न लागेको हो ।

नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, सङ्घसंस्था तथा फार्म÷कम्पनीलाई अवार्ड कार्यक्रममार्फत महासङ्घले सम्मान गर्दै आएको सिंहले बताए । महासङ्घको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिधीसिद्धी सिमेन्ट (शङ्कर ग्रुप) को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो ।

अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति गठन गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिए । उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग–अलग मूल्याङ्कनका आधारमा स्वर्ण, रजत र कास्य गरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साथै प्रदेश महासङ्घको सिफारिसमा घ वर्गका सात वटा फार्म÷कम्पनी प्रदेशगतरूपमा पुरस्कृत हुने भएका छन् ।

विदेशमा निर्माण गर्ने उत्कृष्ट नेपाली कम्पनी, भूगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायीलगायतलाई महासङ्घले सम्मान गर्नेछ । नेपालभरका निर्माण व्यवसायीका छोराछोरीमध्येबाट सिभिल इञ्जिनीयरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिनेछ । निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई महासङ्घ गौरव सम्मान प्रदान गरिने महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिए ।

निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माणमैत्री इञ्जिनीयर उक्त अवसरमा सम्मानित हुनेछन् । निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई अर्वाड प्रदान गरिने महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसै वर्षदेखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माण सरोकारसम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गर्न लागिएको महासङ्घका प्रवक्ता टङ्कप्रसाद चौँलागाईंले जानकारी दिए ।