गण्डकी प्रदेश

प्रेस सङ्गठन तनहुँको एकता टुङ्गियो

तनहुँ । प्रेस सङ्गठन नेपाल तनहुँ जिल्ला कमिटीको एकता प्रक्रिया टुङ्गिएको छ । सङ्गठनको आज दमौलीमा सम्पन्न भएको एकता भेलाले एकता प्रक्रियालाई टुङ्गो लगाउँदै ३५ सदस्यीय कमिटी घोषणा गरेको हो । जसअनुसार सङ्गठनको जिल्ला संयोजकमा साविक प्रेस चौतारीका अध्यक्ष नारायण खड्का र सहसंयोजकमा साविक प्रेस सेन्टरका अध्यक्ष एसबी नेपाली चयन भएका छन् ।

सङ्गठनको सदस्यमा राजकुमार श्रेष्ठ (बिबी), समुन्द्र पौडेल, कृष्ण न्यौपाने, मदन तिमिल्सिना, सूर्यभक्त पौडेल, शिवकुमार श्रेष्ठ, ईश्वरीप्रसाद ढकाल, रवीन्द्र कँडेल, लालु थापामगर, धु्रव सुवेदी, माधव पौडेल, ऋषिकान्त दुवाडी, माधव अधिकारी, सागर गिरी, सम्झना रसाइली, सुनिता आचार्य, किरण श्रेष्ठ, अस्मिता खनाल, मनोजकुमार श्रेष्ठ, विनोद ढुङ्गाना, विन्दु वाग्ले, निशा थापा, तीर्थराज खनाल, ज्योति कुमाल, वसन्त पौडेल, सोनिया लगुन, शर्मिला विश्वकर्मा, विमला विश्वकर्मा, सविन लामिछाने, विन्दु नैनावस्ती, कमलमोहन घिमिरे, भोला थापा र रेखा सापकोटा चयन भएका छन्। कमिटीलाई बढीमा ४१ सदस्यीय बनाइने र केही सदस्यपछि थप गरिने संयोजक खड्काले जानकारी दिए।

भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सांसद आशा कोइरालाले एकता प्रक्रियालाई दिगो बनाउनुपर्नेमा जोड दिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै कोइरालाले पत्रकारहरुले अनुशासनभन्दा बाहिर गएर सूचना र समाचार प्रवाह गर्न नहुने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटी सदस्य राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने, जिल्ला कार्यालय सदस्य श्रीप्रसाद श्रेष्ठ, प्रेस सङ्गठनका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईले पत्रकारको क्षमता विकास अहिलेको प्रमुख आवश्यकता रहेकामा जोड दिए।