पु.समाचार

निलम्बित डीएसपी ढुंगेलविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत, काठमाडौंले ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । तर अनुमति दिएको तीन दिन बितिसक्दा पनि प्रहरीले ढुंगेललाई भने पक्राउ गरेको छैन ।

गत २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएपछि उनी अनुसन्धानको घेरामा थिए । उक्त घटनासँगै उनलाई बैशाख २० गते प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । 

ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत अनुसन्धान गरिरहेको छ ।