मनोरञ्जन

पर्यटन व्यवशायी नविन नेपालको ’हुनेवाली बुहारी’ सार्वजनिक

काठमाण्डौ । पर्यटन व्यवशायी नविन नेपालको पञ्चेबाजाको गीत ’हुनेवाली बुहारी’ सार्वजनिक भएको छ । सो गित स्पन्दन मिडियाको युट्युब च्यानलबाट मंसीर १६ गते सार्वजनिक भएको हो ।

माया प्रेम र विवाहको सन्दर्भलाई जोडिएको गीतमा चर्चीत गायक रविन लामिछाने र गायीका सम्झना भण्डारीको आवाज रहेको छ भने रविन लामिछाने को नै लय र शब्द रहेको छ । 

नेपालका अनुसार मंसीर महिना पनि भएको र पञ्चेबाजा आफैमा नेपालीको संस्कृती पनि भएको हिसाबले सबैलाई मनोरञ्जनसंगै पञ्चेबाजाको धुन सबैको मानसपटलमा गुञ्जयमान बनाउन सकियोस भन्ने हेतुले गित निर्माण गरेको  जानकारी दिए ।

सो गितमा विश्वास नेपालको संगीत संयोजन रहेको छ भने पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ । विक्रम चौहानको निर्देशनमा तयार भएको सो गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राजेश कुमारले सम्पादन गरेर स्पन्दन मिडियाले बजारमा ल्याएको हो ।