खेलकुद

मिक्स ट्रायथलन र खो-खो’मा नेपाललाई रजत

काठमाडौं । राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत आज भएको मिक्स ट्रायथलनमा नेपालले रजत पदक हासिल गरेको छ । नेपाली टोलीका सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारु सम्मिलित मिक्स टिम रिले ट्रायथलनमा रजत पदक जितेको हुन् ।

यस्तै महिला खो–खो मा पनि रजत पदक जितेको छ । खो–खो अन्तर्ग पुरुषमा भने नेपालले कास्य पदक जितेको छ । किर्तिपुरमा भएको महिला ट्रायथलनको फाइनलमा नेपाल भारतसँग पराजित भएको हो । खो-खोमा अन्तर्गत नेपाली महिला टिमले जितेको पदक अहिलेसम्मकै ठूलो भनिएको छ ।

यस्तै महिला खो-खोमा बंगलादेशले श्रीलंकालाई १०–७ ले हराउँदै कास्य जितेको छ । पुरुष खोखोमा नेपालले श्रीलंकालाई १३–७ ले हराउँदै कास्य जितेको हो । पुरुषतर्फ स्वर्ण विजेता भारतले बंगलादेशलाई १६–९ ले जित निकालेको हो ।