खेलकुद

नेपाललाई सक्षम कार्कीले दिलाए अर्को स्वर्ण

काठमाडौं । राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले थप एक स्वर्ण जितेको छ ।तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा स्वर्ण जित्नका लागि पुरुष ८७ केजी माथि उनले पाकिस्तानी खेलाडी वाकर अली खानलाई २७–९ ले पराजित गरेका हुन् ।