खेलकुद

तेक्वान्दोमा संगिताले जितिन् स्वर्ण

काठमाडौं । राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगि (साग) को चौथो दिन आज नेपालले तेक्वान्दोमा अर्को स्वर्ण पदक थपेको छ । महिलातर्फको ६२ केजीमुनिको समूहमा नेपालकी संगीता बस्यालले स्वर्ण जितेकी हुन् । 

उनले भारतकी गगजोत गीललाई १९–८ अंकको अन्तरले हराउँदै नेपालका लागि स्वर्ण जितेकी हुन् । संगीताले दिलाएको स्वर्णसँगै नेपालका लागि तेक्वान्दोमा १० स्वर्ण पदक प्राप्त भएको छ ।

आयोजक राष्ट्र  नेपाल स्वर्ण तालिकामा अग्रस्थानमा रहेको छ।  नेपालले योसहित अहिलेसम्म जम्मा २८ स्वर्ण पदक जितेको छ ।