राजनीति

उप-निर्वाचनको समीक्षा गर्न कांग्रेसले डाक्यो केन्द्रीय समितिको बैठक

काठमाडौं । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले १४ मंसिरमा सम्पन्न उप-निर्वाचनको समीक्षा गर्न  केन्द्रीय समिति बैठक डाकेको छ ।

निर्वाचनमा तुलनात्मक रुपमा सफलता प्राप्त गरेको प्रारम्भिक निष्कर्ष निकालेको कांग्रेसले विस्तृत समीक्षाका लागि आगामी २६ मंसिरमा बैठक डाकेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार २६ मंसिरमा बस्ने केन्द्रीय समितिको बैठकले निर्वाचनको समीक्षा गर्नेछ ।उनका अनुसार भद्रगोल अवस्थामा पुगेका भातृ संस्थाको गठनका विषयमा समेत बैठकमा छलफल हुनेछ ।