खेलकुद

महिला ह्यान्डबलमा नेपालद्वारा श्रीलंका पराजित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ह्यान्डबलमा नेपालले श्रीलंकालाई हराएको छ ।

पोखरामा भएको समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई २९–१९ ले पराजित गरेको हो ।

नेपालको जितमा उमा राईले ८ गोल गरिन् भने कविता राईले ६ गोल, निशा राई र कल्पना राईले समान ४–४ गोल गरे ।

यसैगरी रन्जना राईले २ गोल गर्दा बन्दना राई, सकुन्तला राई र रामकुमारी राईले १–१ गोल गरेकी थिइन् । समूह बीमा नेपालसहित बंगलादेश र श्रीलंका रहेका छन् ।