सामाजिक सञ्जाल

बिरामी हुँदापनि राजीनामा नदिने ओलीलाई एक हुलले घेरेर एनिमल फार्म बनाए नेपाल: किशोर नेपाल

काठमाडौ । बरिष्ठ पत्रकार किशोर नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य भएका कारण उनले राजीनामा दिनुपर्ने विचार व्यक्त गरेका छन् । उनले साँकेतिक रुपमा प्रधानमन्त्री ओलीको जनताको शासनको शिखरमा एउटा अस्वस्थ्य मानिस जसको जीवन डायलेसिसमा अडिएकोछ भनेका छन् । उनले कति अभिशप्त हामी जनता भन्दै दुःख ब्यक्त गेका छन् । उसलाई घेरेर बसेका एक हूल मानिस उ स्वस्थ्य भएको टेलिभिजन प्रसारणमा लागेका छन् भन्दै व्यंग्य गरेका छन् । यसलाई उनले एनिमल फार्मको संज्ञा दिएका छन् ।

उनको स्टाटस्ः कति अभिशप्त हामी जनता ! शासनको शिखरमा एउटा अस्वस्थ्य मानिस जसको जीवन डायलेसिसमा अडिएकोछ । उ स्वस्थ्य मानिसका लागि ठाउँ छाड्न तयार छैन । उसलाई घेरेर बसेका एक हूल मानिस उ स्वस्थ्य भएको टेलिभिजन प्रसारणमा लागेका छन् । डाक्टर वाल्ल परेर हेर्दैछन ।#एनिमल फार्म